विद्युत् आपूर्ति पर्याप्त
गोपालचन्द्र सुवेदी
चैत्र १३, २०७६ बिहीबार
कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सबै बाह्य गतिविधि रोकेसँगै नेपालको विद्युत्को मागमा उच्च गिरावट आएको छ । नेपाल विद्युत् प्राधिकरणको भार प्रक्षेपण केन्द्रले उपलब्ध गराएको तथ्याङ्क अनुसार मङ्गलबार बिहानदेखि कार्यान्वयनमा ल्याइएको लकडाउन घोषणा भएसँगै विद्युत्को मागमा पनि उच्च गिरावट आएको छ । बढी विद्युत् खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालय बन्द भएपछि विद्युत्को माग घटेको हो । अहिले घरायसी प्रयोजनका...