मर्केल क्रेज
गोरखापत्र अनलाइन
पुष ४, २०७८ आइतवार
“म किताब पल्टाउने छु तर म सायद निदाइहाल्छु होला, किनकि म धेरै थाकेकी छु,” केही महिनाअघि अवकाशपछिको जीवनमाथि सोधिएको प्रश्नको जवाफमा जर्मनीकी तत्कालीन चान्सलर अङ्गेला मर्केलले दिएको जवाफ हो यो, जुन अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चित बनेको थियो ।