स्वस्थानी व्रत कथाको परम्परा र संस्कृति
गोरखापत्र अनलाइन
माघ १७, २०७७ शनिबार
स्वस्थानीपरमेश्वर्या विधिवत् व्रतमाचर । तेन स्वस्थानलाभस्ते भविष्यति न संशय ः ।। यसको भाव हो– विधिपूर्वक स्वस्थानी परमेश्वरीको व्रत गर्नाले निःसन्देह स्वस्थान लाभ हुनेछ । यो व्रत गर्नाले, कथा सुन्नाले मोक्ष प्राप्त हुने वा स्वर्गको ढोका खुल्ने, ईश्वरसँगै वास हुने आदि नभनिएबाट यो आफ्नै पारिवारिक, भौतिक लाभका निम्ति गरिने विषय हो भन्ने बुझिन्छ । यसको तात्पर्य आफू र आफन्त मिलेर आफू, आफन्त, आफ्नो स्थान, सबैको सुख–समृद्धिका...