सङ्घीयतामा राजस्व बाँडफाँट प्रक्रिया
गोरखापत्र अनलाइन
बैशाख १९, २०७८ आईतवार
सङ्घीयतामा सबै तहका सरकारहरूको बीचमा स्रोतहरूको बाँडफाँट हुने गर्छ । वित्तीय सङ्घीयताले माथिल्लो तहको सरकारसँग रहेको वित्तीय स्रोतलाई वित्त हस्तान्तरण, विभिन्न अनुदानहरूको उपलब्धता, राजस्वको बाँडफाँट र आन्तरिक राजस्व सङ्कलनको अधिकार सुनिश्चित गरेको हुन्छ । स्रोतको हस्तान्तरणले मूलतः वित्तीय समानताको अवधारणा लिएको हुन्छ । वित्त हस्तान्तरणले निम्न सिद्धान्तअनुरूप वित्त हस्तान्तरण हुनु पर्ने मान्यता राख्छ...