गरिबी, लघुवित्त र स्थानीय सरकार
गोरखापत्र अनलाइन
आश्विन २९, २०७७ बिहीबार
नेपालमा पछिल्ला वर्षहरूमा निरपेक्ष गरिबीको रेखामुनि रहेका नेपालीको हिस्सा घट्दै गएको छ । २०७५÷०७६ सम्ममा निरपेक्ष रेखामुनि रहेका जनसङ्ख्या करिब १८.७ प्रतिशतमा झरेको अनुमान गरिएको छ । तर, अहिले कोरोना कहरले भने गरिबी बढाउने निश्चित छ । कोरोना सङ्क्रमण रोक्न गरिएका निषेधज्ञाले गर्दा आर्थिक गतिविधिहरू शिथिल छन् । सङ्क्रमण अझ बढ्दो छ । यसको खोप नआउन्जेल सङ्क्रमण नरोकिने ठानिएको छ र खोप आउन केही समय अझै पर्खनुपर्ने...