के पढ्ने ? कसरी पढ्ने ? अनि के नपढ्ने ?
गोरखापत्र अनलाइन
असार ५, २०७८ शनिबार
कागजमा छापिने अखबारदेखि रेडियो, टेलिभिजन र अनलाइन माध्यमसम्म मानिस हरेक क्षण अनेक सामग्री नियाल्दछन् । कतिपय मर्मस्पर्शी लाग्छन्, कतिपय उपयोगी लाग्दछन् । तर कैयौँ यस्ता सामग्रीले दिग्भ्रमितसमेत पार्न सक्छन् । त्यसैले आमसञ्चार माध्यमका उपभोक्तामा आफूले उपभोग गरिरहेको सामग्रीको परख गर्ने क्षमता हुनै पर्छ । आम रूपमा पाठक, श्रोता वा दर्शकमा आवश्यक पर्ने त्यस्तो क्षमतालाई नै हिजोआज आमसञ्चार साक्षरता भन्ने गरिन्छ ।
कुनै...