logo
२०८१ मंसिर १० सोमवार



कोरोनाविरुद्ध सम्प्रेषणमा मिडिया

विचार/दृष्टिकोण |


कोरोनाविरुद्ध सम्प्रेषणमा मिडिया


डा.कुन्दन अर्याल

कोरोना (कोभिड– १९) को भय क्रमशः कम हुँदै गएको छ । तथ्याङ्कले पनि सधैँ त्रास रही रहँदैन भन्ने सङ्केत गर्दैछ । तर विश्वव्यापी महामारी व्यापक रूपमा फैलिएको समयमा नेपाली मिडियाले आमरूपमा निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गर्न जरुरी छ । यस्तो मूल्याङ्कनले आगामी दिनमा मिडियाको क्षमता अभिवृद्धि गर्न सघाउ पु-याउँछ ।
कोभिड–१९ को पहिलो चरणपछिको केही सहज वातावरणमा भएका भेला वा भीडभाडको पनि सन्देश थियो । मिडियामा ती घटनाक्रमले कुन रूपमा ठाउँ पाए र मिडियाका सामग्रीले सामाजिक मनोविज्ञानमा कस्तो प्रभाव पा¥यो ? महामारीको त्रासमा स्थापित समाजिक दूरीको सिद्धान्तलाई दिगो बनाउन वा सर्तकतालाई कायमै राख्न त्यस्ता सामग्रीले कुनै योगदान गर्न सके त ? कोभिड–१९ विरुद्धको समग्र लडाइँका सन्दर्भमा सतहमा देखिएका जिज्ञासाहरू यस्तै छन् ।
जोखिम सञ्चारमा तत्कालैको सूचनाका साथै विज्ञ र सर्वसाधारणबीच स्वास्थ्य र सामाजिक जीवनमा कोभिड १९ को दुष्प्रभावको चुनौतीका सम्बन्धमा सल्लाह र धारणाको आदानप्रदान गराइन्छ । यस्तो सञ्चारको प्रमुख उद्देश्य जोखिममा रहेका जनसङ्ख्यालाई सूचनाका आधारमा निर्णय लिन सघाउनु नै हो । जोखिम सञ्चारको एउटा प्रमुख आधार भनेको आमसञ्चार माध्यम नै हुन । जनताको धारणा र विश्वासमा प्रभाव पार्ने गरी जीवनोपयोगी सूचना र सल्लाह उपलब्ध गराउने प्रयत्न आमसञ्चार माध्यमले गर्न सक्दछन् । अफवाह, गलत सामग्री आदिको सकेसम्म चाँडो पहिचान र खण्डन गर्न सक्नु पर्दछ ।

कोभिड–१९ को महामारीका कारण मानिसको हिँड्डुलमा भएको रोकले छापा संसारभरि नै छापा माध्यममा गम्भीर प्रभाव पर्न गयो । तर यही बीच नेपालजस्तो देशमा पनि इन्टरनेटको प्रयोग निकै बढ्यो र बन्दाबन्दीका कारण घरघरमै रहेका सर्वसाधारणदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाहरूमा अधावधिक भइरहनुपर्ने नीति निर्मातासम्म इन्टरनेटमा आधारित नयाँ मिडियामै अभ्यस्त हुन थाले ।
कोभिड–१९ देखिएयता सार्वजनिक महìवको सूचनाका लागि तपाईंको पहिलो स्रोत के हो ? तीन–चार वटा विकल्प प्रस्तुत गर्दै यस्तो प्रश्न सोधियो भने स्वाभाविक रूपमा अधिकांश मानिसले भन्ने छन्, अनलाइन न्युज पोर्टल । भर्खरै एक दशर्नाचार्य तहका शोधार्थीले आफ्नो शोधका क्रममा नेपालका २० देखि ५० वर्ष उमेर समूहका सय जना सहरीया बुद्धिजीवीसँग राखेको प्रश्न थियो, तपाईंको दैन्दिनको जीवनमा तपाईं कुन माध्यमबाट समाचार प्राप्त गर्नु हुन्छ ? उनले उक्त वस्तुगत प्रश्नमा चार वटा विकल्प प्रस्तुत गरेका थिए, अनलाइन, छापा, रेडियो र टेलिभिजन । सोधिएकामध्ये ६४ प्रतिशतले अनलाइन माध्यम भन्ने उत्तर दिए । कोभिड – १९ को महामारी सुरु हुनुभन्दा अघि २०७६ साल माघ यता २०७८ वैशाखसम्म आइपुग्दा ब्रोडब्यान्ड पहुँच ७२.१६ बाट बढेर ९०.५६ प्रतिशत पुगिसकेको छ । यस परिवेशमा यसबीच अनलाइन पत्रकारिताको प्रभाव बढ्नु स्वाभाविकै थियो । कोभिड – १९ को महामारी बढ्दै गएको समयमा मिडियामा निकै छाइरहेका शहीद शुक्रराज सरुवा रोग अस्पताल, टेकुको अनुसन्धान विभागका प्रमुख डा. पुन पनि आममानिसले अनलाइन माध्यमबाटै कोरोना भाइरससम्बन्धी तथ्य वा सूचना प्राप्त गरिरहेको आकलन गर्नुहुन्छ । उहाँको विचारमा कतिपय सामग्रीबाट सर्वसाधारण सजग रहनु पर्ने अवस्था रहेको भए पनि आमरूपमा अनलाइन माध्यमका सामग्री कोभिड – १९ सम्बन्धी जानकारी हासिल गर्न महìवपूर्ण साबित भएको धारणा व्यक्त गर्दछन् । यसरी खासगरी २०७६ साल माघ–फागुन यताको समयमा नेपालमा पनि पाठक, दर्शक वा श्रोताहरू सूचना, जानकारी वा मनोरञ्जनका लागि इन्टरनेटमा आधारित माध्यममा अलि बढी भर परेको देखिन्छ । यसबीच केही समय गोरखापत्र, दि राइजिङ नेपालबाहेकका ठूला दैनिक छापा संस्करणसमेत केही दिन पूरै बन्द भए । कोभिड–१९ विरुद्धको विश्वव्यापी लडाइँमा मिडियाको भूमिकाको चर्चा गर्दा अनलाइन मिडिया वा छापा, रेडियो र टेलिभिजनको अनलाइन संस्करण वा डिजिटल विषयवस्तुकै अहं भूमिका रहेको मान्नै पर्छ ।

पहिलो प्रश्न, कोभिड–१९ का विरुद्ध जनतादेखि सरकारसम्मलाई मिडियाले कति सजग बनाउँदै आएका छन् ? दोस्रो, खासगरी सामाजिक सञ्जाल वा अव्यावसायिकद्वारा सञ्चालित अफवाहहरू चिरेर सुसूचनाको प्रवाह गर्ने मामिलामा व्यावसायिक मिडिया कतिसम्म प्रभावकारी ठहरिएका छन् ? तेस्रो, विश्वभरका मानव समुदायका सामु अकल्पनीय चुनौतीका रूपमा आएको महामारीको समाचार मूल्यको निर्धारण नीति सरदरभन्दा माथि किन उठन सकेको देखिंँदैन ? आमरूपमा आएका मिडियाका सामग्रीका आधारमा यस्ता केही प्रश्नहरूमा विमर्श अघि बढाउनु पर्ने देखिन्छ । गएको वर्षको लोकतन्त्र दिवसका दिनसम्म नेपालगञ्जमा महामरी निकै फैलिइसकेको थियो । अस्पतालको क्षमताभन्दा बढी सङ्क्रमित उपचारको
आशामा थिए ।
नेपालमा २०७७ साल वैशाख २९ गते मात्र पहिलो मृत्यु भएको थियो । तर त्यसबेलासम्म हाम्रो छिमेकी चीनलगायत संसारका कैयौँ देशले यस महामारीको कठोर रूप देखिसकेका थिए । त्यसरी हेर्ने हो भने, नेपालले विश्वका अन्य देशबाट पाठ सिक्न सक्ने त्यो पहिलो अवसर थियो । त्यसपछि नेपालमा पनि महामारी फैँलदै गयो । गएको वर्ष कात्तिक सुरुमै नेपालमा दशैँ मनाइँदै थियो, त्यो बेला सन्त्रास फैलिएको थियो । जुन दिन टीका परेको थियो, त्यो साता मात्रै ९५ जनाको जीवन कोभिडले हरण गरेको थियो । अघिल्लो वर्षअघि धेरै मानिसले दशैँ अत्यन्त खुम्चिएर मनाएका थिए । तर त्यसपछिका दिनमा क्रमशः महामारी ओरालो लाग्न थाल्यो ।
समय बित्दैै गयो, २०७७ सालको उत्तरार्धसम्म पुग्दा नपुग्दै फेरि कोरोनाको लहर सुरु भयो । त्यो वर्ष फागुन १० गतेको एउटा उदाहरण लिऊँ, कोभिड–१९ ले एक सातामा ७०५ जनाको ज्यान लिएको तथ्याङ्क प्रकाशित भइरहेको थियो । त्यसपछि महामारी फेरि अलि ओरालो लागेजस्तो देखियो र फागुन २४ गते सातामा चार जनाको ज्यान गएको तथ्याङ्क प्रकाशित भयो । तर क्रमशः कम हुँदै गएको महामारीलाई सारा देशले नै भूले जस्तो भयो ।
गएको २०७७ साल चैत ३१ गते अखबारहरूले नै छापे, जोखिम फेरि बढ्यो । तर नयाँ वर्षको अवसरमा भएका विशाल जमघटका तस्बिर सामान्य बेलामा छापेजस्तै गरी कुनै टिप्पणी वा चेतावनी विना नै छापिए । त्यति मात्र होइन, त्यही सेरोफेरोमा रिसोर्ट र होटलहरूमा चहल पहल बढे भन्ने शीर्षक र भीडभाडका तस्बिर पनि छापिए ।

कोभिड–१९ को महामारी सुरु भएदेखि आजसम्म विश्वभरका विभिन्न आमसञ्चार माध्यमले यसबाट बच्नका लागि परिवर्तन गर्नुपर्ने आनीबानी वा व्यवहारका बारेमा निकै हदसम्म चेतनाको प्रसार गरेका छन् । दूरी कायम गर्नु पर्ने वा हात धुनुपर्ने विषयमा पर्याप्त जानकारी दिइएको छ । तर यस बीच गलत सूचना वा सामग्रीहरूको पनि उत्तिकै प्रसार भएको छ, जसलाई ‘इन्फोडेमिक’ भन्ने गरिएको छ । महामारीसँगै सूचनाको अर्को महामारी फैलिएको सन्दर्भमा सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई दोष पन्छाएर संस्थागत आमसञ्चार माध्यमहरूले मुक्ति पाउने अवस्था पनि छैन । बरु पत्रकारिताका सीप र मूल्य–मान्यतालाई व्यवहारमा कति अभ्यास गरिएको छ भन्ने विषयमा गम्भीरतापूर्वक समीक्षा गरिनु आवश्यक छ ।
पहिलो लहरपछि र दोस्रो लहर अघि महामारीविरुद्धको लडाइँमा उपचारभन्दा पहिले सङ्क्रमणलाई रोक्ने वा सङ्क्रणको शृङ्खलालाई तोड्ने रणनीति नै प्रभावकारी हुन्छ भन्ने थाहा हुँदै पनि नेपालमा हेलचेक्र्याइँका प्रशस्त्र उदाहरण देखिए । यसविरुद्धको लडाइँमा सुरुदेखि नै सामाजिक दूरी कायमलाई सबैभन्दा बढी प्रचार गरिएकै थियो । अब त अहिलेसम्मको अनुभवले पनि सिद्ध गरिसकेको छ, यिनै उपायहरूबाट यसलाई पराजित गर्न सकिने रहेछ । पहिलो लहर त सबैलाई झुक्याएर आयो भन्न सकिन्छ । तर दोस्रो लहर आउन सक्ने पूर्वाअनुमान हुँदाहुँदै बच्ने प्रमुख उपाय सामाजिक दूरीको उपायप्रति सम्पूर्ण समाज र सम्बन्धित निकायहरूको निस्क्रियता र निस्पृहता किन देखियो ? अनि सङ्क्रमणको उपचारका लागि आवश्यक पर्ने व्यवस्थाका सम्बन्धमा पनि किन लापरबाही देखियो ? दुवै तहको सर्तकर्ता, पहिलो, सङ्क्रमण रोक्न र दोस्रो सङ्क्रमितको जीवन जोगाउन किन पूर्व तयारी पर्याप्त हुन सकेन ?

व्यवहार परिवर्तनका लागि सञ्चार, यस्तो अवधारणा हो, जसमा स्वस्थ्य जीवन जिउने सफलतातर्फ डो-याउने कारक तìवहरूमा जनताको सञ्चार–आवश्यकतालाई पनि समावेश गरिएको छ । आममानिसलाई स्वास्थ्य जीवनका कारकहरूका सम्बन्धमा उपयुक्त जानकारी आवश्यक पर्दछ । हात धुने वा सरसफाइलाई अवलम्बन गर्ने सुविधा, औषधिमूलो र उपचारसम्मको पहँुच वा उपलब्धताले मात्र मानिसलाई स्वास्थ्य राख्दैन । स्वास्थ्य व्यवहारसम्बन्धी पर्याप्त जानकारीले मात्र कुनै सङ्क्रमणको लक्षण पत्ता लगाउन वा समस्यासँग जुझ्न मद्दत गर्दछ । स्वास्थ्यको प्रवद्र्धनका लागि व्यवहार परिवर्तन वा उपयुक्त व्यवहार र आनीबानीको अवलम्बन सबैभन्दा महìवपूर्ण पक्ष साबित भइसकेको छ । व्यक्तिको प्रयास, सामाजिक दबाबलगायतका प्रयत्नहरूलाई आमसञ्चार माध्यमहरूले पनि लगातार प्रवद्र्धन गरेर व्यवहार परिवर्तनका लागि सञ्चारको प्रभावकारिता साबित गर्न सक्नु पर्दछ ।

स्वास्थ्य व्यवहारसँग जानकारी र सचेतना मात्र होइन विश्वास र संवेदना पनि जोडिएका हुन्छन् । विश्वासका नाममा कतिपय बेला मानिस अन्धविश्वासमा पनि रुमल्लिइरहेको हुन्छ । व्यक्ति समुुदाय र राष्ट्रिय स्तरमा कोभिडलाई परास्त गर्न आवश्यक पर्ने सुधारिएको व्यवहार र आनिबानीलाई मानिसले बढीभन्दा बढी परिमाणमा अनुकरण गर्न जरुरी छ । त्यस सन्र्दभमा आमसञ्चार माध्यमहरू पहिले–पहिलेका महामारीहरूमा पनि प्रभावकारी साबित
भएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?