कानुनी राज्य प्रणालीको बाधक
गोरखापत्र अनलाइन
कार्तिक १२, २०७८ शुक्रबार
मानव सभ्यताको उषाकालदेखि नै अपराधको अनुपातमा दण्ड सजायको व्यवस्था हुँदै आएको हो । यो हिंसामुक्त, शान्त र समृद्ध मानव समाजको आधार हो । त्यसैले कुनै पनि प्रकृतिको अपराधमा संलग्न व्यक्ति दण्डविहीन हुन हुँदैन भन्ने परिकल्पना गरिएको हो । इतिहासको कालखण्डमा हिंसा र युद्धका कहालीलाग्दा घटना देखेर नै होला, आर्यावर्तमा यज्ञवल्क्यादिहरूले हिंसा नगर्नु, सत्य बोल्नु, चोरी नगर्नु, इन्द्रीय शुद्ध राख्नु मानव सभ्यताका साधन...