चालू खाता घाटा कम गर्ने उपाय
गोरखापत्र अनलाइन
पुष २०, २०७८ मंगलवार
अन्तर्राष्ट्रिय मुद्रा कोषको छैटौँ संशोधित निर्देशिकाले परिभाषित गरेअनुसार शोधनान्तर भन्नाले कुनै देशका बासिन्दा र गैरबासिन्दाबीच कुनै निश्चित अवधिमा भएको कारोबारको तथ्याङ्कीय मौद्रिक विवरण हो । साधारणतया यस अर्थमा कुनै देशका बासिन्दा भन्नाले सरकार, घरपरिवार र संस्था भन्ने बुझिन्छ । यसैगरी गैरबासिन्दा भन्नाले अन्य देशको सरकार, सङ्घ, संस्था र घरपरिवारलाई नै बुझिन्छ । कोषले कसलाई बासिन्दा मान्ने र कसलाई गैरबासिन्दा...