गोरखापत्रप्रतिको विश्वास र भरोसा
गोरखापत्र अनलाइन
फाल्गुन १३, २०७८ शुक्रबार
कुनै बेला अखबार भन्नु नै गोरखापत्र थियो, गोरखापत्र भन्नु नै अखबार । अर्थात्, अखबारको पर्याय गोरखापत्र । अझै पनि गाउँघरमा सबै अखबारलाई गोरखापत्र भनेर सम्बोधन गर्नेहरू मनग्ये भेट्टिन्छन् । आजभन्दा १२१ वर्षअघि राणा प्रधानमन्त्री देवशमशेर राणाले प्रकाशन आरम्भ गरेको गोरखापत्रको साख अझै पनि उँचो छ । परिस्थिति र परिवेश फेरिएको छ तर गोरखापत्रको साख उस्तै छ । प्रविधि र पहुँचले पत्रकारिताको परिभाषा बदलिएको होला तर नागरिक...