सडकका बालबालिका पुनः सडकमै
गोरखापत्र अनलाइन
पुष १२, २०७७ आईतवार
उमेर १४/१५ वर्ष बताउने अनिष र सन्तोष (उपनाम)को दिन–रात सडकमै बित्छ । सन्तोषका बाबुआमा पहिले बल्खुमा डेरामा बसेर ज्यामी काम गर्थे, अहिले पहिलेका ठाउँमा छैनन्, कहाँ गए थाहा छैन उनलाई । सुरूताका दिनभर सडकमा मागेर कमाएको साँझ बाबुलाई दिँदा त राम्रै गर्थे । सडकमा बस्ने साथीको सङ्गतमा दुई/चार दिन सडकमै बसेर कोठामा गएको त बाले खाते भन्दै कुटेर खानै नदिई कोठाबाट लखेटिए । सन्तोषलाई अहिले खाना बरू चाहिँदैन, डेन्ड्राइट वा ग्लु...