क्रिकेट संघले राकेश गोहिललाई ‘फिटनेश’ प्रशिक्षक नियुक्त गर्यो
गोरखापत्र अनलाइन
श्रावण २४, २०७८ आईतवार
नेपाल क्रिकेट संघ(क्यान)ले राकेश गोहिललाई ‘स्ट्रेन्थ एण्ड कन्डिशनिङ्ग’ प्रशिक्षक नियुक्त गरेको छ । क्यानले करिब दुई साता अघि उक्त पदका लागि आवेदन आव्हान गरेको थियो ।
नेपाल क्रिकेट संघका अनुसार पदपूर्तिमा ३८ जनाले आवेदन दिएकोमा भारतका राकेशकुमार काशीभाई गोहिललाई राष्ट्रिय क्रिकेट टोलिको फिटनेश प्रशिक्षक नियुक्त गरेको हो । गोहिल अष्ट्रेलियाको ‘स्ट्रेन्थ एण्ड कन्डिशनिङ्ग’ संघबाट मान्यता प्राप्त लेभल २ का प्रशिक्षक...