logo
२०८० चैत्र १५ बिहीवार



एप्पलका स्टोरहरु चीनबाहेक अन्य मुलुकमा बन्द

अर्थ |
स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


एप्पलका स्टोरहरु चीनबाहेक अन्य मुलुकमा बन्द
तस्विर–डेनिस टेलर, गेट्टी इमेज


वासिङ्टन, चैत्त २ गते। कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै ६ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोरहरु (बिक्री केन्द्रहरु) आगामी मार्च २७ सम्म बन्द गरेको छ ।
एप्पलका प्रमुख कार्यकारी टिम कूकले ट्वीट गर्दै चीन बाहेक एप्पलका स्टोरहरु मार्च २७ सम्म बन्द गरिएको र कोरोनाको सङ्क्रमण रोकथाममा सघाउन एक करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरिएको बताउनु भएको छ ।
कम्पनीले चीन बाहेकका अन्य मुलुकमा रहेका आफ्ना कार्यालयका कर्मचारीलाई खुकुलो कार्यस्थलको व्यवस्था गरिएको जनाएको छ । कूकले अनलाइन स्टोर भने खुलै रहने बताउनु भएको छ । कम्पनीले घरबाटै काम गर्न सक्ने भएमा त्यसै बमोजिमको व्यवस्था गर्ने तथा कार्यालयमै आएर काम गर्नु पर्ने कर्मचारीका लागि निर्देशिका बमोजिम आवश्यक सजकता अपनाइने बताएको छ ।
सिन्ह्वाका अनुसार चीनमा कोरोना सङ्क्रमणमा नाटकीय रुपमा सुधार आएका कारण एप्पलका सबै स्टोर खुला गरिएको छ । अमेरिकामा रहेका ठूला बहुराष्ट्रिय कम्पनीहरुले पनि आफ्ना कार्यालयको व्यवस्थापनमा नयाँ व्यवस्था गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?