logo
२०८१ मंसिर ८ शनिवार



विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट

अर्थ |
अन्तर्राष्ट्रिय |


विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट


जेनेभा
जेनेभा, असार ९ गते । कोरोनाभाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार सङ्गठनले जनाएको छ । सङ्गठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १८.५ प्रतिशतले कमी आएको छ ।
सङ्गठनद्वारा जारी वक्तव्यमा दोस्रो चौमासिक अवधिको प्रारम्भिक अनुमान अनुसार कोरोनाभाइरसको प्रसार र त्यसलाई रोक्न अपनाइएका लकडाउनसमेतका प्रतिबन्धहरूले विश्व व्यापारमा व्यापक असर पारेको उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?