logo
२०८१ मंसिर ८ शनिवार



युरोपमा कार बिक्री २५ प्रतिशतले घट्यो

अर्थ |


युरोपमा कार बिक्री २५ प्रतिशतले घट्यो


पेरिस, असार ९ गते । कोरोनाभाइरस महामारीका कारण युरोपमा यस वर्ष कार बिक्रीमा २५ प्रतिशतले कमी आएको छ । युरोपेली कार उद्योग समूहले कार उत्पादन कारखानाले ठूलो आर्थिक सङ्कटको सामना गर्न लागेको जनाएको छ ।
युरोपेली अटोमोबाइल उत्पादक सङ्घ (एसीइए) ले युरोपेली युनियन र सदस्य राष्ट्रका सरकारहरूलाई उद्योग बचाउन र रोजगारी गुम्न नदिने परिस्थिति निर्माण गर्न पनि आह्वान गरेको छ ।
युरोपमा कार बिक्रीमा व्यापक गिरावट आउने जनाउँदै एसीइएले जारी गरेको विज्ञप्तिमा सन् २०१९ मा करिब एक करोड २८ लाख थान कार बिक्री भएकामा यस वर्ष सन् २०२० मा करिब ३० लाख थान कार बिक्री घट्ने उल्लेख छ । अर्थात् यस वर्ष करिब ९६ लाख थान कार मात्र बिक्री हुनेछन् ।
यस वर्ष, कोरोनाभाइरस महामारी रोक्न जारी गरिएका लकडाउन र प्रतिबन्धहरूको असरका कारण कार बजार करिब ४१.५ प्रतिशतले खुम्चिएको छ । तर एसीइएले प्रतिबन्धहरू खुकुलो हुन थालेकाले परिस्थितिमा केही सुधार हुने अपेक्षा राखिएको जनाएको छ ।
एसीइएले युरोपको अटोमोबाइल क्षेत्रले धेरैपछि असामान्य परिस्थितिको सामना गर्नुपरेको जनाएको छ । यी नकारात्मक असरलाई युरोपेली युनियन र सरकारहरूले राजनीतिक र आर्थिक मद्दतका आधारमा मिलेर मात्र हल गर्न सक्ने इसीइएले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?