logo
२०८१ असोज १३ आईतवार



‘पाकिस्तानले भाङको औद्योगिक उत्पादन गर्ने’

अर्थ |
अन्तर्राष्ट्रिय |


‘पाकिस्तानले भाङको औद्योगिक उत्पादन गर्ने’


इस्लामाबाद, भदौ १८ गते।
पाकिस्तानले भाङको औद्योगिक उत्पादनलाई अनुमति दिने योजनालाई सार्वजनिक गरेको छ ।
सरकारको यो योजनासँगै इस्लामिक गणतान्त्रिक मुलुकका किसान र व्यवसायीहरूले आकर्षक विश्वव्यापी भाङ बजारमा रहेको मागलाई सम्बोधन गर्न सक्ने र यसबाट लामो समय कमजोर देखिएको विदेशी मुद्राको सञ्चिति हुने सरकारी अधिकारीले विश्वास लिएका बताइएको छ । प्रधानमन्त्री इमरान खानको सरकार कमजोर अर्थतन्त्र, वित्तीय घाटा र मुद्रास्फीतिले ग्रस्त आर्थिक अवस्थालाई प्रोत्साहन गर्न संघर्ष गरिरहेको अवस्थामा यो योजना चर्चामा आएको हो ।
“यो भाङ बजारले पाकिस्तानलाई आगामी तीन वर्षमा एक अर्ब अमेरिकी डलरआम्दानी दिनसक्नेछ त्यसैले हामी यस उद्देश्यका लागि पूर्ण योजना बनाउने प्रक्रियामा छौं,”विज्ञान तथा प्रविधि मन्त्री फवाद चौधरीले बुधबार पत्रकारहरुसँगको कुराकानीमा बताउनुभयो ।

क्यानाबिडियोल (सीबीडी) युक्त भाङ एक प्रकारको जडिबुटीजन्य खेती हो जसमा धेरै प्रकारको औषधी बनाउने गुण हुन्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?