logo
२०८१ फाल्गुन २६ सोमवार



तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै  

अर्थ |
खुला |


तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै  
फाईल तस्विर


तारकेश्वर, मङ्सिर २६ गते। तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ । आर्थिक वर्ष २०७६-७७ मा समितिमा ९६उजुरी दर्ता भएकामा २४ जग्गा विवादसम्बन्धी छन् । अधिकांश उजुरी साँध सिमानाकै रहेका न्यायिक समितिको संयोजक एवम् उपप्रमुख भवानी डोटेल (धिताल) ले जानकारी दिनुभयो ।    
    
 उहाँका अनुसार सो आवमा परेका उजुरीमा २० सार्वजनिक जग्गा÷बाटोसम्बन्धी, चार सिमाना विवाद, तीन महिला तथा बालबालिका हिंसासम्बन्धी र अन्य ४५  छन् । यस अवधिमा ४४ वटा मुद्दा किनारा लगाइएको छ । एघार उजुरी मेलमिलाप तथा सहमति भएका, दुई उजुरी मुल्तबीमा राखिएको ३९ प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।      
    
 घरेलु हिंसा र महिला हिंसाका उजुरीहरु समितिमा अत्यन्त कम पर्ने जनाइएको छ । सामाजिक परिवेश तथा चेतनाको कमीले पनि यस्ता खालको उजुरीहरु बाहिर ल्याउन हुन्न भन्ने मान्यताले उजुरी थोरै पर्ने गरेको बताइएको छ । व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी समितिमा नपरे पनि घर–जग्गा विवाद, सम्बन्धविच्छेद, घर निर्माण विवाद र ठगी–लेनदेनका उजुरी न्यायिक समितिमा पर्ने गरेका छन् ।    
    
 आव २०७५-७६ मा ८१ उजुरी दर्ता भएकामा २८ जग्गा विवादसम्बन्धी  थिए । त्यस्तै नौ सार्वजनिक जग्गा तथा बाटोसम्बन्धी, १९ सिमाना विवाद, दुई सम्बन्ध विच्छेद र एउटा महिला तथा बालबालिका हिंसासम्बन्धी उजुरी न्यायिक समितिमा दर्ता भएका थिए ।    
    
सो अवधिमा ३१ वटा उजुरी न्यायिक समितिबाट फैसला गरिएको, बीस सहमति भएको, ४९ प्रक्रियामै रहेको र एउटा मुल्तबीमा राखिएको छ ।    
    
 चालू आवामा समितिमा उजुरीहरु आउने क्रम बढिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा आउने उजुरीहरु सबै लिखितरुपमै आउने गरेका छन् । उपप्रमुख डोटेलको संयोजकत्वमा रहेको समितिमा दुईजना कानून व्यवसायी सदस्य छन् । समितिले यहाँ दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार र बिहीबार इजलास राख्दै आएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?