logo
२०८१ बैशाख २५ मंगलवार



निर्माण सामग्रीको मूल्य उच्च वृद्धि

अर्थ |


निर्माण सामग्रीको मूल्य उच्च वृद्धि


लक्ष्मण दर्नाल

काठमाडौँ, पुस २२ गते । निर्माण सामग्रीको अस्वाभाविक मूल्य वृद्धि भएको छ । मूल्य वृद्धि भएपछि सरकारले त्यसको कारण खोजी गरेको छ । साथै निर्माण व्यवसायीबाट मूल्य वृद्धिको विरोध
भएको छ ।
पटक पटक अस्वाभाविक मूल्य वृद्धि भएकाले निर्माण कार्यमा असर पर्ने नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । गत कात्तिकमा निर्माण सामग्रीको मूल्य वृद्धि गरी प्रतिकेजी ७२ रुपियाँ पु¥याइएको थियो । हाल प्रतिकेजी ९० देखि ९५ रुपियाँ पु¥याइएको छ ।
उत्पादक कम्पनीहरूले छड, तारलगायत फलामजन्य निर्माण सामग्रीको मूल्य प्रतिकेजी ३० देखि ३५ रुपियाँ बढाएका छन् ।
सिमेन्टको मूल्यमा पनि वृद्धि गरिएको छ । सिमेन्टमा प्रतिबोरा २५ देखि ३० रुपियाँ वृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि तथा नेपालमा निर्माण सामग्रीको माग बढेकाले मूल्य वृद्धि भएको बताइएको छ । तर महासङ्घका अध्यक्ष रवि सिंह भन्नुहुन्छ, “अहिलेको अवस्थामा मूल्य वृद्धि अस्वाभाविक छ, मानोमानी तरिकाले उपभोक्तातर्फ नसोची एकोहोरो मूल्य वृद्धि गर्ने काम भएको छ, यसलाई रोक्नुपर्छ । ”
निर्माण सामग्रीको मूल्य अस्वाभाविक वृद्धि भएपछि साना निर्माण व्यवसायी मर्कामा परेका छन् । कोरोना बन्दाबन्दीको मारमा परेका व्यवसायीले काम सुचारु गर्नेबेला मूल्य वृद्धि गरिएको छ । छ महिनादेखि एक वर्षे सम्झौताका आयोजना प्रभावित हुने नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । कोरोना महामारीको गलत फाइदा उठाउँदै निर्माण सामग्रीहरूमा एकतर्फी रूपमा कार्टेलिङ गरी अत्यधिक रूपले मूल्य वृद्धि गरिएको अध्यक्ष सिंहको भनाइ छ ।
फलामजन्य निर्माण सामग्री उत्पादक कम्पनीले अन्तर्राष्ट्रिय मुद्रा डलरको दरमा र फलाम ब्लेडको मूल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपात भन्दा अत्यधिक वृिद्ध गरिएको व्यवसायीको गुनासो छ ।
सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले अन्तर्राष्ट्रिय बजारमा बिलेट मूल्य बढेकाल त्यसको असर नेपाली बजारमा परी मूल्य वृद्धि भएको दाबी गर्नुभयो । उहाँका अनुसार गत तीन महिनामा नै अन्तर्राष्ट्रिय बजारमा बिलेटको मूल्य प्रति टन २५० डलरबाट ५६० डलर पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?