logo
२०८१ बैशाख २५ मंगलवार



खाली सिलिन्डर भरेर राख्न अनुरोध

अर्थ |
फिचर |


खाली सिलिन्डर भरेर राख्न अनुरोध


लक्ष्मण दर्नाल

काठमाडौँ, वैशाख १२ गते । कोरोनाको महामारी बढ्न थालेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले खाली सिलिन्डर भरेर राख्न उपभोक्तालाई अनुरोध गरेको छ । कोरोनाका कारण आपूर्ति व्यवस्थामा असहज परिस्थिति आउनसक्ने भन्दै घरमा रहेका खाली सिलिन्डर भर्न अनुरोध गरिएको हो । ग्यासको अभाव नहोस् भनेर पहिल्यै अनुरोध गरिएको सङ्घले जनाएको छ ।
नेपालले ग्यास आयात गर्ने भारतमा कोरोनाको दोस्रो लहर फैलिएको छ । जसका कारण दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या हुनसक्ने भएकाले उपभोक्तालाई सचेत गराइएको सङ्घले जनाएको छ । नेपाल आयल निगमले पनि ग्यासको अभाव हुन नदिनलाई पूर्ण क्षमतामा भण्डारण गर्न ग्यास उद्योगीलाई पत्राचार गरिसकेको छ ।
गत वर्षको बन्दाबन्दीमा बजारमा एलपी ग्यासको अभाव भएको थियो । सङ्घका अध्यक्ष गोकुल भण्डारीले भन्नुभयो, “गत वर्ष आपूर्ति सहज हुँदा पनि सबैले एकैचोटि खाली सिलिन्डर ल्याउँदा असहज भएको थियो । घरमा चार÷पाँचवटा सिलिन्डर राख्नेले एक/दुईवटा खाली नै राख्छन् अनि अभाव हुन्छ । अनि अभाव महसुस भएपछि बजारमा ल्याउँछन्, एकैचोटि ल्याउँदा समस्या हुने भएकाले हामीले सूचना गरेका हौँ । ”
हाल नेपालभर दैनिक एक लाख सिलिन्डर ग्यासको माग रहेको छ । जसअनुसार दैनिक १४ सय मेट्रिक टन ग्यास बिक्री हुन्छ । उद्योगीसँग हाल १५ हजार मेट्रिक टन एलपी ग्यास भण्डारण छ । बाटोमा रहेका बुलेट र सिलिन्डरको पनि हिसाब गर्ने हो भने २० हजार मेट्रिक टन मौज्दात मान्न सकिन्छ । जुन नेपाललाई १५ दिनलाई पुग्ने ग्यास हो । कुल भण्डारणको ८० प्रतिशत एलपी ग्यासको मौज्दात रहेको र मौज्दात बढाउन सक्नेसम्म बढाउन लागिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?