logo
२०८१ बैशाख २२ शनिवार



ऊर्जा सङ्कट झन् बढ्दै गएपछि श्रीलङ्कामा इन्धनको मूल्य वृद्धि

अर्थ |
अन्तर्राष्ट्रिय |


ऊर्जा सङ्कट झन् बढ्दै गएपछि श्रीलङ्कामा इन्धनको मूल्य वृद्धि


कोलम्बो, फागुन १४ गते । श्रीलङ्कामा उर्जा सङ्कट थप खराब अवस्थाम पुगेको भन्दै यहाँको सबैभन्दा ठूलो इन्धन आपूर्तिकर्तामध्ये एक कम्पनीले शनिबार इन्धन मूल्य १२ प्रतिशतसम्म वृद्धि गरेको छ ।

बजारको एकतिहाइ हिस्सा रहेको इन्धनको खुद्रा आपूर्तिकर्ता लङ्का आईओसीले दिएको जानकारी अनुसार सार्वजनिक यातायातले प्रयोग गर्ने डिजलको मूल्य १२ प्रतिशत र पेट्रोल ११ प्रतिशतले बढिरहेको छ ।

यो वृद्धि तीन हप्ताअघि सात प्रतिशत मूल्य वृद्धिपछि भएको हो र यसले यस पहिले नै उच्च अवस्थामा पुगेको मुद्रास्फीतिको बढ्दो दबाबलाई थप्नेछ ।

कोभिड–१९ महामारीको कारण प्रमुख विदेशी मुद्रा कमाउने पर्यटन क्षेत्र सङ्कटग्रस्त बनेपछि यो द्वीप आर्थिक सङ्कटको चपेटामा परेको छ ।

सरकारले विदेशी मुद्रा बचाउने प्रयासमा मार्च २०२० मा व्यापक आयात प्रतिबन्ध लगाएको थियो ।

अहिले मुलुकमा इन्धन, विद्युत, सवारी साधनको पार्ट्स र सिमेन्टलगायतको व्यापक अभाव भइरहेको छ । सुपरमार्केटहरूमा चामल, चिनी र दूधपाउडर लगायतका आधारभूत खाद्यपदार्थको अभाव भएको देखिएको छ ।

यस अभावले गर्दा गत महिना खाद्यान्न मुद्रास्फीति २५ प्रतिशत पुगेको र समग्र मुद्रास्फीति १६.८ प्रतिशत पुगेको छ ।

राज्यद्वारा सञ्चालित सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले तत्काल ऊर्जा मूल्य संशोधन गरेको थिएन, तर यसका अधिकांश पम्पहरूमा धेरै दिनदेखि इन्धनको अभाव थियो ।

ऊर्जामन्त्री उदय गमन्पिलाले यस हप्ता ‘केही दिनमा’ इन्धनको अभाव कम हुने आशा गरेको घोषणा गर्नुभएको थियो, तर सीपीसीको घाटालाई नियन्त्रण गर्न तीव्र मूल्यवृद्धि आवश्यक रहेको चेतावनी दिनुभएको थियो ।

सीपीसीले नगद सञ्चार अभावको सामना गरेको र ३.५ अरब अमेरिकी डलरभन्दा बढी ऋण बोक्दै गरेको मन्त्री गमन्पिलाले बताउनुभएको छ । गत वर्षको लागि सीपीसीको नोक्सान ४५ करोड अमेरिकी डलर भएको उहाँले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “यस पहिले हामीलाई तेल आयात गर्न डलर कम थियो । अब हामीसँग डलर खरिदका लागि पैसा छैन ।”

यसैबीच, इन्धनको मूल्य वृद्धिका कारण विद्युत उपयोगिताको वृद्धि भएको छ भने विद्युत उत्पादनका लागि इन्धनमा आश्रित थर्मल विद्युत केन्द्रले उत्पादन खर्च ब्यहोर्न नसकेपछि केही थर्मल विद्युत केन्द्र बन्द भएका छन् ।

गतवर्षको अन्तदेखि तीन अन्तरराष्ट्रिय ‘रेटिङ एजेन्सी’हरूले ३५ अर्ब अमेरिकी डलर सार्वभौम ऋण सेवा गर्न नसक्ने डरले यस द्वीपलाई कम गरेका छन् ।

श्रीलंकाले आफ्नो विद्यमान चिनियाँ ऋण चुक्ता गर्न बेइजिङबाट थप ऋण पनि मागेको छ, जुन देशको बाह्य ऋणको लगभग १० प्रतिशत छ ।

विगतमा आधारभूत संरचना परियोजनाहरूका लागि अधिकारीहरूले चीनबाट भारी ऋण लिएका र यसमध्ये केही असुल भइसकेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?