logo
२०८० चैत्र १६ शुक्रवार



श्रीलङ्काली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरुको समूह नियुक्त

अन्तर्राष्ट्रिय |


श्रीलङ्काली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरुको समूह नियुक्त


कोलम्बो चैत २४ गते । श्रीलङ्काली राष्ट्रपति गोटबाया राजपाक्छेले यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गर्नुभएको छ ।श्रीलङ्काली राष्ट्रपतिको कार्यालयले बिहीबार प्रकाशन गरेको एक विज्ञप्ति सो कुरा जनाइएको छ । पछिल्लो समयमा श्श्रीलङ्कामा आर्थिक सङ्कट परेको छ । सो सङ्कटको समाधानका लागि उहाँले यो समूह नियुक्त गर्नुभएको छ ।

पछिल्ला केही दिनमा आर्थिक संकटमा फसेको श्रीलङ्काका राष्ट्रपतिले सो बुधबार राति सो विज्ञ समूह गठन गरेको उहाँको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।सो समूहमा श्रीलङ्काको केन्द्रीय बैंकका पूर्व गभर्नर, विश्व बैंकका पूर्व प्रमुख अर्थशास्त्री र आइएमएफका पूर्व निर्देशक रहनुभएको छ । उहाँहरुले श्रीलङ्काली राष्ट्रपतिसँग यस विषयमा छलफल पनि गरिरहनुभएको छ ।

हाल आर्थिक सङ्कटमा फसेको श्रीलङ्काका अर्थमन्त्रीले पनि यसअघि नै राजीनामा दिनुभएको छ । त्यसैगरी अन्य मन्त्रीहरुले पनि श्रीलङ्काली राष्ट्रपतिसमक्ष सामूहिक राजीनामा दिनुभएको छ ।श्रीलंकाको आर्थिक क्षेत्रका यी विज्ञहरुको सुझाव र सल्लाहबाट यस देशले आफूलाई आर्थिक संकटबाट बाहिर निकाल्न सकिन्छ कि भन्ने प्रयास गर्ने बताइएको छ ।

श्रीलङ्का आर्थिक संकटमा फसेकाले यसको विकास र उद्वारका लागि विभिन्न उपायहरुको खोजी गरिरहेका बेला श्रीलङ्काली राष्ट्रपतिले नियुक्त गर्नुभएका यी विज्ञहरुबाट थप सहयोग पुग्ने अपेक्षा गरिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?