ठेकेदारले काम दिन्छ, स्थानीय तहले काम खाेस्छ
गोरखापत्र अनलाइन ,
पुष २८, २०७६ सोमबार
स्थानीय तहले सडक निर्माण गर्दा मेशिनको प्रयोग गरिरहेका बेला पूर्वाधार कार्यालयबाट ठेक्कामार्फत् निर्माण भईरहेका सडकमा दुईहजार स्थानीयबासीले रोजगारी पाएका छन् ।
दशरथ चन्द नगरपालिका–२, देहिमाण्डौंकी एकल महिला बिमला बोहरा ठेक्कामार्फत् निर्माण भईरहेको देहिमाण्डौं – गिरेगाडा सडक खण्डमा दैनिक काम गरेर छसय रुपियाँ ज्याला कमाउनुुहुन्छ । त्यहाँ भ्याईनभ्याई काम पाईने तर स्थानीय तहका जनप्रतिनिधिले मेशिन लगाएर सडक...