सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ - मन्त्री अर्याल
रासस
पुष २४, २०७६ बिहीबार
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालको २७ औँं वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले उद्यमशीलता, व्यवसायिकतामा जानुपर्ने बताउनुभयो ।