फलाम खानीको अनुसन्धान गर्न भूगर्भविद्को टोली तनहुँमा
गोरखापत्र अनलाइन ,
कार्तिक २८, २०७६ बिहीबार
तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको फलाम खानी भूगर्भविद्को चासोमा परेको छ । वडा नम्बर –१० ढोरमा रहेको फलाम खानीबारे अध्ययन गर्न भूगर्भ विदको टोली आईपुगेको शुक्लागण्डकी नगरपालिका मेयर किसान गुरुङले जानकारी दिनुभयो । क्षेत्रमा रहेका विभिन्न स्थानमा फलाम खानीको उत्खननका लागि भूगर्भविदहरुको टोलीले सम्भाव्यता अध्ययन शुरु गरेपछि स्थानीय वासिन्दामा खुसी छाएको मेयर गुरुङ बताउनुहुन्छ ।