हुम्लामा कृषि बालीको उत्पादन १५ प्रतिशतसम्म वृद्धि
गोरखापत्र अनलाइन ,
कार्तिक २५, २०७६ सोमबार
हुम्ला जिल्लामा उत्पादन हुने अर्गानिक बालीहरु १० देखि १५ प्रतिशतसम्म वृद्धि भएको पाइएको छ । बालीमा कुनै रोग किरा नलाग्नु र आवश्यकता अनुसार बेला बेलामा पानी पर्नुले जिल्लामा उत्पादन हुने सबै बालीको उत्पादनमा वृद्धि भएको हो ।