प्रदेश सरकारलाई अटेर गर्दै स्थानीय तह
गोरखापत्र अनलाइन ,
कार्तिक ४, २०७६ सोमबार
प्रदेश ३ का स्थानीय तहले प्रदेश ३ सरकारलाई राजस्व सङ्कलन र बाँडफाँडको विवरण बुझाउन अटेर गर्दै आएका छन् । विवरण समयमा बुझाउन अटेर गरेसँगै स्थानीय तह र प्रदेश सरकारबीच अनुदान रकम निकासा, राजस्व सङ्कलन र बाँडफाँडमा जटिलता देखिएको छ ।