समृद्धिका लागि नीजि क्षेत्रको साथ आवश्यक भएकाे महासचिव पौडेलकाे धारणा
गोरखापत्र अनलाइन ,
आश्विन ३०, २०७६ बिहीबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले विकास र समृद्धिको अभिभारा पुरा गर्न नीजि क्षेत्रको साथ आवश्यक भएको बताउनुभएको छ ।
रुपन्देही उद्योग संघको ४१ औं वार्षिक साधारण सभा तथा २१ औं अधिवेशनको बिहीबार बुटवलमा उद्घाटन गर्दैै महासचिव पौडेलले सरकार नीजि क्षेत्रसँगै रहेको बताउनुभयो ।