दुई वडाबाट दुई करोडको सयपत्री बिक्री गर्ने तयारी
गोरखापत्र अनलाइन ,
कार्तिक १, २०७६ शुक्रबार
पुराना रैथाने मानिने मौलिक सयपत्री फूल भक्तपुरमा अहिले लोप हुने स्थितिमा पुगेको छ । करिब पाँच वर्ष अगाडिसम्म भक्तपुरमा व्यावसायिक रूपमा नै खेती हुने पुराना रैथाने जातको सयपत्री अहिले कमै मात्र देख्न पाइन्छ । हाइब्रिड फूलको खेती बढेसँगै यसको अस्तिìव सङ्कटमा परेको हो ।