सहकारीले बेचे रु दुई करोडका खसीबोका
रासस
आश्विन २५, २०७६ शनिबार
बडादशैंँका अवसरमा दाङका छ महिला सहकारीले करीब रु दुई करोडको खसीबोका उत्पादन गरेर बिक्री गरेका छन् । यस वर्षको दशैँमा सबैभन्दा बढी लमही नगरपालिका ९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु ९० लाख ४१ हजार मूल्यका एक हजार ५३० खसीबोका बिक्री गरेको छ ।