दुग्धजन्य उत्पादनमा जथाभावी मूल्यवृद्धि
गोरखापत्र अनलाइन ,
आश्विन १९, २०७६ आईतवार
दूधको मूल्यवृद्धि भएसँगै दुग्धजन्य पदार्थमा जथाभावी मूल्यवृद्धि भएको छ । सरकारले दूधको मूल्यमा प्रतिलिटर छ रुपियाँ वृद्धि गरेपछि दूधको मूल्यमा एकतारूपता देखिएको छैन भने दुग्धजन्य पदार्थमा पनि जथाभावी मूल्यवृद्धि गरेको छ ।
दूधबाट बन्ने दही, घिउ, पनिर, नौनी, चिज, महीलगायतको मूल्यमा जथाभावी वृद्धि भएको छ । डेरीअनुसार, ठाउँअनुसार मूल्य फरक भएका कारण उपभोक्ता मार परेका छन् । डेरी र उद्योगीमा पनि एकरूपता देखिएको छैन...