अनुगमन नहुँदा तरकारीको मूल्य मनपरी
रासस
आश्विन १६, २०७६ बिहीबार
दशैँं नजिकिएको बेला अहिले उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशाला छेउको तरकारी बजारमा अनुगमन नहँुदा व्यापारीले मनपरी मूल्यमा बिक्री गर्न थालेका छन् ।
स्थानीय तह, उद्योग वाणिज्य सङ्घ र प्रहरी सहितको टोलीले बजारको अन्य क्षेत्रमा बजार अनुगमन गरेपनि अहिलेसम्म तरकारी बजारको अनुगमन नगर्दा तरकारी व्यापारीले मनपरी मूल्यमा तरकारी बिक्री गर्ने गरेको उपभोक्ताको आरोप छ ।