विद्युतीय संरचना सार्न नयाँ कार्यविधि
गोरखापत्र अनलाइन
माघ २४, २०७८ सोमबार
नेपाल विद्युत प्राधिकरणले ग्राहकहरुलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ । प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी कार्यविधि’मार्फत संरचना सार्ने कामलाई व्यवस्थित बनाएको छ ।