इँटा उद्योगमा बीस करोडको क्षति,बीमा गर्न पाउनुपर्ने माग
गोरखापत्र अनलाइन
माघ २३, २०७८ आइतवार
हिउँदे वर्षाका कारण बाँकेका इँटा व्यवसायीले करिब २० करोड रुपियाँभन्दा बढीको क्षति बेहोर्नु परेको छ । पोल्नका लागि तयार पारेर राखिएका ९० प्रतिशतभन्दा बढी काँचो इँटा वर्षाका कारण नष्ट भएकाले करिब २० करोड रुपियाँको नोक्सानी भएको नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेले जनाएको छ ।