जाडोसँगै विद्युतको माग १७ सय १० मेगावाट पुग्यो, भारतबाट ४५८ मेगावाट आयात
छेटु शेर्पा
माघ २३, २०७८ आइतवार
चिसो बढेसँगै विद्युत माग हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसैहप्ता परेको पानी र हिउँका कारण विद्युतको माग एक हजार ७१० मेगावाट पुगेको छ । विद्युतको बढ्दो माग पूरा गर्न आन्तरिक उत्पादन अपुग भएपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट ४५८ मेगावाट विद्युत आयात गर्दै आएको जनाएको छ ।
११ हजार मेगावाट आवरवेसमा रहेर विद्युत आयत गरेर माग पूर्ति गर्दै आएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भटट्राईले जानकारी दिनुभयो ।