हुम्ला विमानस्थलमा दुई फिटसम्म हिउँ, तीन दिनदेखि हवाई सेवा अवरुद्ध
गोरखापत्र अनलाइन
माघ २२, २०७८ शनिबार
हिमाली जिल्ला हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा अवरुद्ध भएको छ । दुई दिनदेखि लगातार हिमपात हुनु र शनिबार मौसममा सुधार आएको भएपनि विमानस्थलमा दुई फिटभन्दा बढी हिउँ जमेको कारण हवाई सेवा अवरुद्ध भएको हो ।
नागरिक उड्यायन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले दुई तीन दिन लगातार हवाई सेवा अवरुद्ध भएको बताउनुभयो । उहाँले २८ घण्टासम्म हिमपात भएको र शनिबार मौसममा सुधार आएर घाम लागेको भएपनि विमानस्थलमा दुई...