कपिलवस्तुमा बजार अनुगमन : म्याद नाघेका खाद्यान्न जफत
गोरखापत्र अनलाइन
फाल्गुन १८, २०७८ बुधबार
कपिलवस्तुको विभिन्न ठाउँमा खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले बजार अनुगमनमा तीब्रता दिइएको छ। किराना पसलमा अखाद्य बस्तु नबेच्न र होटल तथा चियानास्ता पसलमा सरसफाई बढाउनका साथै बजार नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिव शंकर मिश्रले बताउनुभयो।