थलिएको अर्थतन्त्र सुधार गर्ने कार्यक्रम ल्याउन सांसदको सुझाव
रासस
बैशाख ३१, २०७७ बुधबार
कोरोनाको कहरबाट थलिएको मुलुकको अर्थतन्त्रलार्ई राहत दिने गरी आगामी आर्थिक वर्षको बजेट तथा नीति तथा कार्यक्रम जरुरी रहेको भन्दै सांसदहरुले सरकारको ध्यानकर्षण गराउनुभएको छ । महामारीलाई मध्यनजर गरी सरकारले आगामी आर्थिक वर्षको बजेटमा विशेष राहत प्याकेज ल्याउन, प्रभावकारी कार्यान्वयन प्रणाली लागू गर्न तथा रोजगारी प्रदान गर्ने गरी विशेष व्यवस्था गर्न सांसदहरुको आग्रह थियो ।