विद्युत् उत्पादन अनुमतिपत्रमा कडाई गर्ने सरकारको संकेत
गोरखापत्र अनलाइन ,
बैशाख २५, २०७७ बिहीबार
सरकारले जलविद्युत् उत्पादन अनुमति पत्रमा कडाई गर्ने संकेत गरेको छ । पछिल्लो समय जलविद्युत् उत्पादन अनुमति वितरण सहज हुँदा भएको लगानीसमेत जोखिमपूर्ण र विद्युत् उत्पादन पनि अनिश्चित हुने अवस्था अन्त्य गर्न ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्रालयले लगानीकर्ता चयनमा विशेष ध्यान दिने जनाएको छ ।