दैनिक तीन लाख लिटर दूध खेर, क्षतिपूर्ति माग
गोरखापत्र अनलाइन ,
बैशाख ३०, २०७७ मंगलवार
बन्दाबन्दीका कारण दैनिक तीन लाख लिटर दूध खेर गएर दैनिक डेढ करोड रुपियाँ नोक्सानी भएको भन्दै सहकारीहरूले राहतको माग गरेका छन् । सोमबार सङ्घीय संसद्को अर्थसमितिको बैठकमा सहकारी अगुवाहरूले उत्पादन बिक्री नहुँदा निकै समस्या भएको बताएका छन् ।