पेट्रोलियम कारोबार ऐन आउँदै
गोरखापत्र अनलाइन ,
बैशाख १९, २०७७ शुक्रबार
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको कारोबारलाई अझ व्यवस्थित र पारदर्शी बनाउन नयाँ ऐन ल्याउने भएको छ । मन्त्रालयले प्रस्ताव मस्यौदा मन्त्रिपरिषद्मा पठाएको छ । सैद्धान्तिक सहमतिका लागि दुई दिनअघि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो ।