गोलभेडा गाईभैंसीलाई खुवाइँदै तरकारी खेतमै कुहिन थाल्याे
गोरखापत्र अनलाइन ,
बैशाख १५, २०७७ सोमबार
धनुषाको मिथिला नगरपालिका वडा नं ८ जमुनीबासका धरमेश्वर महतोले घर छेऊकै खेतमा दश कट्ठामा गोलभेडा बाली लगाउनुभएको छ ।
गोलभेडा फल्दा बिगत्का झैं यसवर्ष पनि एक सिजनमा दुई लाख पचास हजारसम्म वचत हुने उहाँले अनुमान लगाउनुभएको थियो । पहिलो लटमा एकै दिन करिब एक क्विन्टल गोलभेडा टिप्दा राम्रो बजारसँगै उचित मूल्य पाउनुभयो । तर त्यसपछिका दिनमा भने उहाँका लागि अभिषाप नै बनेर आयो ।