उपत्यकाका नगरपालिकामा खेती लगाउने र उठाउनेको सक्रियता
रासस
बैशाख २२, २०७७ सोमबार
कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीमा उपत्यकाको काँठ क्षेत्रका स्थानीयवासी भने खेतबारीमा खेती लगाउने र उठाउने काममा व्यस्त छन् । उपत्यकाको काँठ क्षेत्रमा हाल आलु खन्ने, गहुँ भित्र्याउने, मकै छर्नेलगायत काममा मानिस फाँटमा देखिन्छन् । आलु र गहुँ भित्र्याउने बेलामा बन्दाबन्दीका नाममा घरमै बस्ने हो भने हातमुख जोर्न नै समस्या हुने भएकाले काममा निस्कनुपरेको कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटका स्थानीयवासी...