दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माण काम अघि बढ्यो
रासस
बैशाख १७, २०७७ बुधबार
लकडाउनसँगै रोकिएका आयोजनाको काम पछिल्लो समय पुनः शुरु भएको छ ।
स्वास्थ्य सावधानी अपनाउँदै लमजुङको दोर्दी गाउँपालिकास्थित २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य आजदेखि पुनः शुरु भएको हो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले निर्धारण गरेका सर्तमा रहेर काम पुनः शुरु गर्न सो आयोजनाले अनुमति लिएको हो । सोही अनुरुप पुनः काम शुरु गरिएको आयोजनाले जनाएको छ ।