कागती खेतीबाट वार्षिक १५ लाख रुपियाँ आम्दानी
गोरखापत्र अनलाइन ,
फाल्गुन १०, २०७६ शनिबार
तोरी र कोदो मात्र उत्पादन हुने बलौटे ३ बिगाहा जग्गामा कागती खेती गर्न थालेपछि मोरङको लेटाङ ९ आहालेका विनोदकुमार वस्तीको आर्थिक अवस्था बदलिएको छ । ३ विगाहामा वर्षभरि दुःख गर्दा मुस्किलले ५५/६० रुपियाँ कमाउने वस्ती कागतीको व्यवसायिक खेती गर्न थालेपछि ३ वर्षयता वार्षिक १५ लाख रुपियाँ आम्दानी गरिरहनुभएको छ ।