विदेशको पीडाले स्वेदशमा मिहिनेत
गोरखापत्र अनलाइन ,
फाल्गुन १२, २०७६ सोमबार
कैलालीको घोडाघोडी नगरपालिका अन्तर्गत भालुफाँटामा स्थानीय युवाले मिलेर व्यावसायिक रूपमा भेडेखुर्सानीको खेती सुरु गरेका छन् । करिब ५५ लाख लगानीमा तीन जना युवा मिलेर नेट हाउसभित्र बेमौसमी भेडेखुर्सानी खेती सुरु गरेका हुन् । बुद्ध एग्रो फार्मको नामले स्थानीय युवा चाँदनी शाही, भरत शाही र टेकबहादुर मगरले संयुक्त लगानीमा उक्त खेती सुरु गरेका छन् ।