प्रधानमन्त्री रोजगार कार्यक्रम – दुई अर्ब स्थानीय तहमा पठाइयो
रासस
फाल्गुन २, २०७६ शुक्रबार
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गराउन विभिन्न स्थानीय तहलाई रु दुई अर्ब सशर्त अनुदान निकासा गरेको छ । कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०७६÷७७ का लागि स्थानीय तहअन्तर्गत रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई रोजगारी प्रदान गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त रकम निकासा गरेको हो ।