logo
२०८१ असोज ५ शनिवार



त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान 

शिक्षा |
खुला |


त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान 
फाईल तस्विर


काठमाडौँ, कात्तिक २० गते। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो । पुसमा महिनामा हुने समारोहमा सहभागी हुन २०७६ साल असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म सेमेष्टर र वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तह र एमफिल तह उत्र्तीर्ण गरी ट्रान्स्क्रीप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि पूरा गरेका विद्यार्थीले आवेदन दिन सक्ने त्रिविले जनाएको छ । आवेदन फाराम अनलाइनबाट आउँदो मङ्सिर १ गतेभित्र भरिसक्ने भनिएको छ ।    
    
समारोहमा भाग लिनका लागि स्नातक तहले रु तीन हजार ७००, स्नातकोत्तर तह र एमफिलले रु चार हजार २०० र विद्यावारिधिले रु चार हजार ७०० शुल्क बुझाउनुपर्नेछ । तीमध्ये रु एक हजार ५०० धरौटीबापतको शुल्क हो भने अन्य शुल्क दीक्षान्त शुल्क हो । समारोहमा सहभागी हुन चाहने विद्यार्थीले दुई जना अभिभावकसम्म सरिक गराउन सक्नेछन् । गतवर्ष भएको दीक्षान्त समारोहमा नौ हजार ५०४ विद्यार्थी सहभागी भएका थिए ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?