logo
२०८१ असोज ७ सोमवार



वैकल्पिक अध्ययन सामग्री आँबुखैरेनी गाउँपालिकाद्वारा निर्माण

शिक्षा |
खुला |


वैकल्पिक अध्ययन सामग्री आँबुखैरेनी गाउँपालिकाद्वारा निर्माण
स्वाध्ययन सामग्री देखाउँदै गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ । तस्विर–अमरराज नहर्की



अमरराज नहर्की
तनहुँ, असार २९ गते । तनहुँको आँबुखैरेनी गाउँपालिकाले वैकल्पिक शिक्षाको लागि स्वाध्यन सामग्री निर्माण गरेको छ । पाठ्यक्रम अनुसारको अध्ययनमा सहयोग पु¥याउन ९० दिनको अतिरिक्त स्वाध्यन सामग्री निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
‘‘कोरोना भाइरसको सङ्क्रणको कारण विद्यार्थी क्षमता विकासमा असर नहोस् भनेर विज्ञहरुको सहयोगमा गाउँपालिकाले स्वाध्ययन सामग्री निर्माण गरेका हौं’’ गाउँपालिकाको उपाध्यक्ष पुष्पादेवि श्रेष्ठले भन्नुभयो । विषयगत विज्ञको सहयोगमा अध्ययन सामग्री निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । वैकल्पिक शिक्षाको लागि सङ्घीय सरकारले वजेटको व्यवस्था गरे अनुसार ३ लाख रुपियाँ खर्च गरेर सामग्री तयार पारिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारीकारी दिनुभयो । कक्षा एक देखि १० सम्मका विद्यार्थीको लागि सामग्री तयार पारिएको उहाँले जानकारी दिनुभयो ।
तयार पारिएको सामग्री विद्यालयलाई वितरण गरिसकिएको गाउँपालिकाले जनाएको छ । हाल शहरी क्षेत्रका विद्यालयमा अनलाइनको माध्यमबाट र ग्रामिण भेगमा भौतिक दुरी कायम गर्ने, मास्क लगाउने तथा स्वास्थ्य मापदण्ड अपनाएर टोलटोलमा पुगेर पठन पाठन सञ्चालन गर्न निर्देशन दिएको गाउँपालिकाको उपाध्यक्ष पुष्पादेवीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?