logo
२०८१ असोज ८ मंगलवार



नर्सिङ भर्नाको प्रक्रिया छिट्टै

शिक्षा |
खुला |


नर्सिङ भर्नाको प्रक्रिया छिट्टै


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ८ गते । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले प्रमाणपत्र तहअन्तर्गत नर्सिङ विषयको पढाइका लागि छिट्टै भर्ना खुलाउने भएको छ ।
माध्यमिक शिक्षा परिषद् (एसईई)को नतिजा सार्वजनिक भएर पनि नर्सिङको भर्ना नखुल्दा सयौँ विद्यार्थी पढाइबाट वञ्चित भएका थिए । एसईईको नतिजा गत साउनमा सार्वजनिक भएको थियो ।
अरू विषयमा भर्ना खुलेर पढाइ सुरु भइसक्दा पनि नर्सिङको पढाइ भने रोकिएको थियो । परिषद्को तयारीसंँगै लामो समयदेखि पर्खाइमा रहेका विद्यार्थीको चाहना पूरा हुने भएको छ । विगतमा ५० श-याको अस्पताल भएका वा सो क्षमता बराबरको अस्पताल सञ्चालन गरेको संस्थासँग समन्वय गरेर सञ्चालनमा रहेका शिक्षण संस्थाले नर्सिङ विषयको पढाइ सञ्चालन गरिरहेका थिए तर चिकित्सा शिक्षा ऐनले न्यूनतम एक सय शøयाको अस्पताल भएका शिक्षण संस्थाले मात्रै नर्सिङ तथा डेन्टल विषयको पढाइ सञ्चालन गर्न पाउने व्यस्था गरेपछि सीटीईभीटीले नर्सिङको भर्ना खुलाउन सकेको थिएन ।

चिकित्सा शिक्षा ऐन र परिषद्को छुट्टाछु्ट्टै प्रावधानका कारण उत्पन्न अन्योल हटाउँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा कात्तिक १७ गते बसेको बैठकले एक सय शøयाको अस्पतालको व्यवस्थाअनुसार भर्ना खुलाउने निर्णय गरेको थियो ।
भर्नाका लागि आवश्यक आन्तरिक गृहकार्य भइरहेको सीटीईभीटीका सदस्यसचिव जीवनारायण काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार सीटीईभीटीमा आन्तरिक बैठक बसेर विद्यार्थीलाई प्रदान गर्नुपर्ने छात्रवृत्ति कोटा निर्धारण, भर्ना प्रक्रियालगायतका विषयमा छलफल गरिएको छ ।

एक सय श-याको व्यवस्थाअनुसार ४४ वटा शिक्षालयले मात्रै नर्सिङमा विद्यार्थी भर्ना गर्न पाउँछन् । यी सबै शिक्षण संस्थामा एक हजार पाँच सय विद्यार्थी नर्सिङ विषयमा भर्ना गर्ने क्षमता छ । तीमध्ये कुल भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशतले छात्रवृत्तिमा पढ्ने मौका पाउनेछन् ।
कुल ५० श-याको प्रावधान कार्यान्वयन हुँदा १०९ वटा शिक्षालयले नर्सिङ विषय पढाउँदै आएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?