logo
२०८१ असोज ८ मंगलवार



बालमैत्री शौचालय निर्माण भएपछि बालबालिकालाई सहजता

शिक्षा |
खुला |
समाज |


बालमैत्री शौचालय निर्माण भएपछि बालबालिकालाई सहजता



शेरबहादुर सार्की
बाजुरा, पुस ११ गते । बाजुराको बडिमालिका नगरपालिकाले सबै विद्यालयमा बालमैत्री शौचालय निर्माण गरेपछि अहिले बालबालिकाहरुलाई शौचालय जान निकै सहज बनाएको छ । यसअघि विद्यालयमा बालमैत्री त के सामान्य शौचालय पनि निर्माण नहुँदा अशक्त, अपाङ्ग, असहाय बालवालिकाहरुलाई दिसापिसाव गर्न निकै समस्या भोग्नुपरेको थियो ।
विद्यालयमा भर्ना भएका अशक्त, अपाङ्ग असहाय बालबालिकाहरुलाई शौचालय प्रयोग गर्दा कुनै समस्या भोग्नु नपुरोस् भन्ने उद्देश्यका साथ नगरपालिकाले नगरका सबै विद्यालयमा बालमैत्री शौचालय निर्माण गरेपछि ती बालबालिकालाई निकै सहज भएको हो ।
बडिमालिका नगरपालिकामा अहिले आठवटा मावि र १७ वटा आधारभूत विद्यालय छन् ।
ती सबै विद्यालयमा बालमैत्री शौचालय निर्माण कार्यक्रमले अशक्त अपाङ्ग असाहायलाई सहज पुगोस भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले बताउभयो ।
केही वर्ष पहिला म जस्ता कयाैं अपाङ्ग असहाय विद्यार्थीहरुलाई शौचालयमा जान किनै असहज हुन्थ्यो ।
आलोपालो गरेर शौचालयमा जानुपर्दथ्यो, पालो पर्खिंदा निकै दुःख खेप्नुपर्दथ्यो अहिले विद्यालयमा बालमैन्त्री शौचालय निर्माण भएपछि त्यो समस्या सबै हटेको मष्टेश्वरी आधारभूत विद्यालयका कक्षा ५ का छात्रा कविता कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मलाई खुट्टाको समस्या छ । लामो समयमा बाहिर उभिरहन सक्दैन । पहिला विद्यालयमा आउँने वित्तिकै शौचालय जान निकै चिन्ता लागिरहन्थ्यो, अहिले निकै खुःसी लागेको छ ।’’
अहिले बालमैत्री शौचालय निर्माण भएपछि दिसापिसाब लागे पनि शौचालय जान चिन्ता लाग्दैन कार्कीले खुःसी हुँदै भन्नुभयो, “जिल्ला भरका म जस्तै दुःख भोगेका विद्यार्थीलाई बालमैत्री शौचालय अति आवश्यक छ, त्यहाँको स्थानीय तहले पनि यो नगरपालिकाको सिको गर्न पाए उनीहरुले पनि मेरो जस्तै वास्तविक हाम्रो लागि गाउँमै सरकार आएको महसुस गर्थे ।
बाजुराका अधिकांश विद्यालयमा अपाङ्ग असहाय बालबालिकालाई त के अन्य विद्यार्थीलाई समेत प्रयोग गर्न शौचालय छैन ।
विद्यालयमा शौचालय नहुँदा विद्यार्थीले बाहिर दिसापिसाव गर्दा विद्यालयको वातावरण नै दुर्गन्धित बन्दै गएको स्थानीयको भनाइ छ ।
हुन त विद्यालयले प्रत्येक वर्ष स्थानीय तहसँग शौचालय निर्माणका लागि रकम माग गर्दै आएका छन् । स्थानीय तहले रकम पनि विनियोजन गर्ने गरेका छन् ।
तर विडम्बना ती विद्यालयले भने शौचालय निर्माणका लागि दिएको पैसाले आफूले विद्यालयमा राखेका निजी शिक्षक पाल्नै नै ठिक्क छन् ।

२०७२ साल फागुन चैतमा बाजुरा जिल्लाका अधिकांश पालिका खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएका थिए ।
तर पनि अहिले त्यो क्षेत्रका विद्यालयमा पुग्दा नाक छोपेर जानुपर्ने अवस्था अहिले पनि जस्ताको त्यस्तै छ ।
बडिमालिका नगरपालिका अधिकांश विद्यालयमा भने त्यो अवस्था छैन । ती विद्यालयमा पछिल्लो समयमा धमाधम बालमैत्री शौचालय बन्नथालेका छन् ।
अधिकांश विद्यालयले काम सम्पन्न गरिसक्यो शौचालयमा पनि प्रयोगमा आएका छन् ।
प्रयोगमा आएका ती विद्यालय अहिले निकै सफासुग्घर देखिन थालेको मेष्टेश्वरी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो विद्यालयमा पनि दुइकोठे बालमैत्री शौचालय निर्माण सम्पन्न भएको छ ।
त्यो १६ लाख ६५ हजारमा निर्माण काम सम्पन्न भएको हो । बालमन्त्री शौचालय निर्माण भएपछि अहिले मष्टेश्वरी आधारभूत विद्यालयका बालवालिकाहरुलाई शौचालय प्रयोग गर्न निकै सहज भएको थापाले बताउनुभयो ।’
स्वच्छ सफा र सुन्दर नगर निर्माणका लागि पालिकाले यो अभियान सुरु गरेको हो । अहिले यहाँका अधिकांश विद्यालयमा यो कार्यक्रम सम्पन्न भएको छ भने कतिपय विद्यालयमा निर्माणको चरणमै छन् । केही महिनापछि निर्माणको काम सम्पन्न हुन्छ, बडिमालिका नगरपालिकाका नगरप्रमखु पदम बडुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आफ्नो नगर बनाउने हाम्रो जिम्मवारी भन्ने मूल नाराका साथ यो अभियान सुरु गरेपछि पहिले जताततै दिशापिसाव गर्नाले गन्ध आउने विद्यालयहरु यति बेला सफा र स्वच्छ बन्न थालेका छन् ।’’
बालमन्त्री शौचालयको अनुगमन गर्दै नगरप्रमुख पदम बडुवाल । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?